बिहिबार, बैशाख २०, २०८१

एस.ए.बी पब्लिक स्कुलमा भानुजयन्ती सम्पन्न

 काठमाडौं आषाढ २५, एस ए बी पब्लिक स्कुलले नेपाली भाषा र साहित्यका मूर्धन्य स्रष्टा आदिकवि भानुभक्त आचार्यको २०३औ जन्मजयन्तीको अवसरमा विद्यार्थीहरुका बालप्रतिभा प्रस्फुटनका लागि आयोजित उपत्यकाव्यापी स्थलगत कविता लेखन तथा वाचन Poem1 Poem3प्रतियोगितामा लोयल्टी एकेडेमीका अश्वीन थापाले जितेका छन भने रिपुमर्दिनी स्कुलका आशिष पन्तले दोस्रो स्थान हात पारेका छन । त्यस्तै विनायक शिक्षा निकेतनका अशोक नेपालले तेस्रो स्थान प्राप्त गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

उपत्यकाका २० विद्यालयका ४० जना विद्यार्थीमाझ कविताको शीर्षक कार्यक्रम स्थलमै दिदै आयोजना गरिएको उक्त प्रतियोगितामा सान्त्वना पुरस्कार छात्रा स्मृति खड्का रिपुमर्दिनी स्कुल र सुयश शंकर अधिकारी चाँदवाग स्कुलले जितेका छन ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई सम्मानका साथै नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि साहित्यकार एवम् गीतकार श्रवण मुकारुङले साहित्यको विकास र स्रष्टाको सम्मानमा विद्यालय लागेकोमा खुसी व्यक्त गर्दै शैक्षिक पाठ्यक्रममा परिमार्जन गर्दै समयसापेक्ष बनाउदै लग्नु आव्शयक भइसकेको जिकिर गर्नु भएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक भरत कुमार भट्टराई, साहित्यकार एवम् समालोचक जीवनाथ धमला, व्यङ्य कवि प्रेम वली, भानु प्रतिष्ठानका उपाध्यक्ष डि।पी अर्याल, समाजसेवी भद्राकुमारी घले, विश्व भाषा क्याम्पसका सहप्राध्यापक वामदेब शर्मा, समाजसेवी ईन्दीरा सापकोटा, व्यङग्य कवि पुण्य प्रसाद आचार्य, छन्द कवि सु��ेश सत्याल लगायतको उपस्थिति रहेको सो कार्यक्रममा विद्यालय तथा प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले साहित्यकार श्यामदास वैष्णवलाई सूर्योदय स्रष्टा सम्मान २०७३ बाट सम्मानित गर्ने घोषणा गर्नुभएको थियो ।