बिहिबार, बैशाख २७, २०८१

सबैको सहयोग र सल्लाहमा कांग्रेसलाई अगाडि बढाउँने नवनिर्वाचित सभापति देउवाको प्रतिवद्धता

काठमाडौं फागुन २७, नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको आयोजनामा सङ्घका अध्यक्ष रञ्जित कर्ण र अन्य पदाधिकारी तथा सदस्यसहितको प्रतीनिधीमण्डलले आज बिहान देउवा निवासमा १३ औ महाधिवेशनबाट नवनिर्वाचित सभापति शेरबहादुर देउवालाइ सहित सफल कार्यकालको शुभकामना दिदै नेविसंघको महाधिवेशन छिटो गराउन पनि माग गर्नु भएको छ ।

शुभकामना ग्रहणपछि कार्यक्रमलाइ सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र चुनावलाई लिएर चिन्ता नलिन निर्वाचनको क्रममा पराजित तत्कालीन कावा सभापति एवम् समकक्षी नेता रामचन्द्र पौडेललाई आग्रह गर्नु भएको नेविसंघका नेता ऋषिकेश जंग शाहले जानकारी दिनु भएको छ । शाहका अनुसार त्यसक्रममा सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दै चुनाव एउटा प्राविधिक विषय मात्रै हो । यसलाई आन्तरिक चुनावका रुपमा मात्रै लिनुपर्ने भन्दै सबै साथीहरूको सहयोग र सल्लाहमा कांग्रेसलाई अगाडि बढाउँने प्रण गर्नुभएको छ ।
यसैवीच   काँग्रेसका नबनिर्बाचित महामन्त्री डा सशांक कोइरालालाइ  पनि आजै    नेवि संघले बधाई तथा शुभकामना  दिदै लामो समयदेखि स्थगित स्ववियु निर्वाचनको ,ने बि संघको महाधिबेशन र  र स्थानीय निकायका निर्वाचनको  वातावरण बनाउँन माग गरेको  छ ।