शनिबार, बैशाख १५, २०८१

चैत ७ देखि –१४सम्म प्रम ओलीको चीन भ्रमणको मिति स्वीकृत

२२ सहसचिवको सरुवा , आन्दोलनका क्रममा घाइते भएका १९ जनाको उपचार खर्च निकासा गर्न निर्देशन,बोस्निया हर्जगोभिना, इटली र भियतनामका लागि अवैतानिक महावाणिज्यदूत नियुक्त

कठमाडौं चैत्र २,  प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र चीनका प्रधानमन्त्री लि केकियाङको निमन्त्रणामा आगामी चैत्र ७ गते देखि १४ गतेसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रम निवास वालुवाटारमा मन्त्रिपरिषद्को सोमवार अवेर साँझ बसेको बैठकले प्रम ओलीको चिन भ्रमणको औपचरिक मिति तय गर्दै चीनको भ्रमणको कार्यक्रमलाइ लाई स्वीकृत गरेको हो ।

oli-cabinet-1st-meeting-650x388त्यसैगरी बैठकले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) का देशहरुले युवासम्बन्धी नीति तथा रणनीति तर्जुमा गर्न, युवाको अधिकार, समृद्धि, क्षमता तथा रोजगारीका लागि युथ चार्टर अफ द साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन’(सार्क युवा बडापत्र- स्वीकृत गरी नेपालका तर्फबाट हस्ताक्षर गर्न अख्तियारी उपप्रधानमन्त्री कमल थापालाई प्रदान गर्ने सवालमा समेत औपचारिक निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री शेरधन जानकारी दिनु भएको छ ।

त्यस्तै गरि प्रवक्ता राइका अनुसार नेपाल र रुसी महासङ्घबीच सम्बन्ध स्थापना भएको छ दशक पुगेको अवसरमा मनाउँन लागेको हीरक महोत्सवका लागि उपप्रम कमल थापाको अध्यक्षतामा २९ सदस्यीय उच्चस्तरीय समिति गठन गर्नुको अलावा सरकारले क्रमशः साहिल अग्रवाल, प्रतिभा पाण्डे र राजेशकाजी श्रेष्ठलाई क्रमस बोस्निया हर्जगोभिना, इटली र भियतनामका लागि अवैतानिक महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको छ ।  बैठकले संविधान बमोजिम गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाङ्कन निर्धारण गर्न पूर्वसचिव बालानन्द पौडेलका अध्यक्षतामा नौ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ ।

  त्यस्तै देशका विभिन्न महत्वपूर्ण क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय सहित मधेस आन्दोलनका क्रममा घाइते भएका १९ जनाको उपचार खर्च बिलबमोजिम व्यहोर्न रु ३१ लाख १७ हजार ५०० निकासा गर्ने निर्देशन दिइएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीलाई रासन बापत नगद रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि स्वीकृत गर्दै संयुक्त राष्ट्र सङ्घ पार्क विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मीनारायण चौधरीलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ । सरकारले २२ सहसचिवको सरुवा पनि गरेको छ