बुधबार, बैशाख २६, २०८१

बालिकामाथि बढ्दो जघन्य अपराधप्रति एमाओवादीद्दारा सरकारको ध्यानाकर्षण

काठमाडौ फागुन १३,  बालिकामाथि हुँदै आएको बलात्कार जस्तो जघन्य अपराधप्रति आफ्नो एमाओवादीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल यि र यस्ता UCPN_Maoist_Head_Officeघटना नियन्त्रणका गर्न सरकारको समेत ध्यानाकर्षण गराएका छन ।

एमाओवादीका प्रवक्ता दीनानाथ शर्माद्दारा जारी प्रेस विज्ञप्तिमा केही दिनयता राजधानी र बाराको कलैयामा बालिकामाथि बढ्दो जघन्य अपराधप्रति सरकार गम्भीर नभएको उल्लेख गर्दै सत्ताधारी र प्रशासनको गैरजिम्मेवार रवैया र वेवास्ताका कारण कतै अपराधीको संरक्षणमा राज्य तथा यसका निकायहरू नै त जिम्मेवार छैनन् भन्ने आशंका पैदा गराएको उल्लेख गरिएकोछ ।

राजधानीको वसन्तपुरमा सङ्गीता थापा मगर र सीमा बस्नेतमाथि भएको एसिड प्रहारको घटनामा संलग्न दोषीको पहिचान गरि चाँडोभन्दा चाँडो पक्राउ गर्न र पीडित बालिकाको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसङग माग गरेको छ ।