शनिबार, बैशाख २२, २०८१

घुस लिँदालिँदै सूचक मिठाराम भट्टराई रङगेहात पक्राउ

काठमाडौ फागुन १० , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान सहायक पदमा नाम निकालिदिने भनी घुस लिँदालिँदै राष्ट्रिय अनुसन्धान विभाग जिल्ला  कार्यालय मकवानपुरका सूचक मिठाराम भट्टराईलाई थलोमा नै पक्राउ गरेको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार काठमाण्डौ स्युचाटार घर भएका सूचक भट्टराईले मकवानपुरका एक व्यक्तिसँग रु एक लाख घुस लिँदालिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान मध्य क्षेत्रको टोलीले उनलाई घुस रकमसहित हेटौडास्थित न्यु नविन मम होटलवाट पक्राउ गरेको जनईएको छ ।

यस्तै आयोगले विद्यालयका लागि प्राप्त भएको रकम दुरूपयोग गरेको अभियोगमा धनुषा चक्रर–१ पोखराभिण्डास्थित राष्ट्रिय प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र मण्डल र प्रधानाध्यापक अनिताकुमारी विरुद्ध रु १५ लाख एक हजार ३३ हिनामिना गरेको अनुसन्धानबाट खुलेको जनाउँदै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।