बिहिबार, बैशाख २०, २०८१

उपत्यकामा भोली देखि यसरी लागु हुँदैछ सवारीसाधनमा जोर विजोर प्रणाली

काठमाडौं मङसिर ७, सार्क सम्मेलनका क्रममा सडक व्यवस्थापनलाई सहज बनाउन ट्राफिक प्रहरी महाशाखाले सोमवारदेखि मङसिर १२ गतेसम्म सवारी साधनमा जोर विजोर नम्बर प्रणाली लागू गर्ने भएको छ । जस अनुसार मङसिर ८, १० र १२ गते जोर नम्बरका सवारी साधन उपत्यकाका nepal-prahariसडकमा चलाउन पाइने छ भने ९ र ११ गते विजोर नम्बरका सवारी साधन मात्रै चलाउन पाइने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तर एम्बुलेन्स, दमकल, रक्त सेवा, रेडक्रस, अस्पतालका कर्मचारी ओसार पसार गर्ने सवारी साधन, शव बाहन, सरकारी, कूटनीतिक सुबिधा प्राप्त, पर्यटन, बिवाहका दुलाह दुलही बोकेका सवारी साधनहरुमा भने जोर विजोर प्रणाली लागू नहुने पनि महाशाखाले जनाएको छ ।

यस्तै दूध, पानी, ईन्धन, ग्यास, तरकारी लगायतका दैनिक उपभोग्य सामाग्री बोकेका सवारी साधनहरु राति १० बजेदेखि बिहान ६ बजे सम्म चलाउँदा पनि जोर बिजोर लागू नहुने तर दिउँसो चलाउँदा जोर विजोर नियम लागू हुने जनाउँदै मङसिर १० र ११ गते सार्वजनिक बिदाको दिनमा चल्ने सरकारी सवारी साधनहरुका हकमा भने गृह मन्त्रालयबाट अनिवार्य रुपमा पास लिनु व्यवस्था भएको पर्ने पनि ट्राफिक महाशाखाले जनाएको छ । रहका नम्बर प्लेटको पछिल्लो अंक सुन्य, २, ४, ६, ८ भएमा जोर नम्बर प्लेट र १, ३ , ५, ७, ९ भएमा बिजोर नम्बर प्लेट मानिनेसवारी साधनको सबैभन्दा पछिल्लो अङकको आधारमा जोर बिजोर छुट्याईने जनाइएको छ ।

ट्राफिक प्रहरी महाशाखाको 

सार्क शिखर सम्मेलनको अवसरमा ट्राफिक व्यवस्थापन सम्बन्धी सुचना  यहाँ क्लिक् गर्नुहोला

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31