आइतवार, चैत्र १९, २०७९

सार्क मुलुकका परराष्ट्रमन्त्री आज आउँदै, मन्त्रिपरिषद्को ३६ औँ बैठक मङगलवार

काठमाडौं मङसिर ८, आगामी बुधबार र बिहीबार राजधानीमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँँ शिखर सम्मेलनमा भाग लिन सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिलामन्त्रीहरू आज यहाँ आउँदै हुनुहुन्छ । १८औं  शिखर सम्मेलनको पूर्वसन्ध्यामा मङगलवार sarkआयोजना हुने सार्क मन्त्रिपरिषद्को ३६ औँ बैठकमा सहभागी हुन सार्कका परराष्ट्र/बाह्य मामिलामन्त्रीहरू आज यहाँ आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा भाग लिन अफगानिस्तानका कायममुकायम परराष्ट्रमन्त्री जरार अहमद ओसमानी, बङ्गलादेशका विदेशमन्त्री अब्दुद हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी, भारतका बाह्य मामिलामन्त्री श्रीमती सुष्मा स्वराज, मालदिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलङ्काका बाह्य मामिलामन्त्री प्रा गामीनी लक्ष्मण पेइरिस काठमाडौँ आउँदै हुनुहुन्छ ।

त्यस्तै मङगलवार राजधानीमा हुने मन्त्रिपरिषद् बैठकमा अफगान परराष्ट्रमन्त्री ओसमानीले चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ भने विदेशमन्त्री नेतृत्वको बङ्गलादेशी टोलीमा १० जना सदस्य हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा चार सदस्यीय भुटानी प्रतिनिधिमण्डलको प्रतिनिधित्व रहने छ भने भारतीय प्रमण्डलमा नौ सदस्य छन् । त्यस्तै नौ सदस्यीय श्रीलङ्काली प्रतिनिधिमण्डल र सात सदस्य रहेको पाकिस्तानी टोली परराष्ट्र मन्त्रिस्तरीय बैठकमा सहभागी हुनेछ ।

उक्त बैठकमा १८औँ शिखर सम्मेलन आयोजक मुलुक नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले १७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने कार्यक्रम छ । मन्त्रिपरिषद् बैठकका अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले आफ्ना समकक्षीहरूको सम्मानमा भोलि साँझ सिंहदरबारस्थित ‘ग्यालरी हल’मा रात्रिभोज आयोजना गर्नुहुनेछ ।

सार्क प्रावधानअनुसार कार्यक्रम समिति, स्थायी समिति, मन्त्रिपरिषद् र शिखर सम्मेलन आयोजना हुने गरेको छ । सदस्य मुलुकका सार्क महाशाखा हेर्ने सहसचिवस्तरीय कार्यक्रम समितिको बैठक गत शनिबार सम्पन्न भइसकेको छ भने परराष्ट्र सचिवहरु सम्मिलित स्थायी समिति बैठक आज अपराह्न समाप्त हुनेछ । भोलि मन्त्रिपरिषद् बैठक पूरा भएपछि सार्क मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरूको बैठक अर्थात् शिखर सम्मेलन बुधबार र बिहीबार हुनेछ ।  ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ नाराका साथ यही मङसिर १० र ११ गते यहाँ आयोजना हुने १८औँ शिखर सम्मेलनमा सहभागी हुन सार्क मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरू मङ्गलबार राजधानी आइपुग्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । rssnepal

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31