शुक्रबार, बैशाख १४, २०८१

सात दलद्वारा मध्यपुरथिमि नगरपालिका विरुद्ध सयुक्त आन्दोलनको घोषणा

भक्तपुर, श्रावण १, मध्यपुरथिमि नगरपालिकाले आफूहरूसँग कुनै छलफल नै नगरी विभिन्न सेवामा ४० प्रतिशतदेखि ९०० प्रतिशतसम्म राजस्व वृद्धि गरेको भन्दै सात 34007राजनीतिक दलले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।  मध्यपुरथिमि नगरपालिकाको गत माघ महिनामा सम्पन्न नगरपरिषद्बाट एकलौटी रूपमा दलीय प्रतिनिधिसँग छलफल नै नगरी एकलौटी रूपमा राजस्व वृद्धि गरेपछि दलहरूले पटकपटक वृद्धि भएको राजस्व घटाउन माग गदा पनि कुनै सुनवाइ नगरेका कारण आन्दोलनका कार्यक्रम घोषणा गनु परेको दलिय प्रतिनिधीका सदस्यहरुले जनाएका छन

नगरपालिकासँग वृद्धि गरिएको राजस्व दरलाई फिर्ता गर्नुपर्ने, विकास निर्माणको काममा उपभोक्ताबाट काम गर्दा २० प्रतिशत राख्नुपर्ने प्रावधान खारेज गर्नुपर्ने, नक्सा पासमा संहिता बनाइनुपर्ने, मापदण्ड विपरीत भइरहेको निर्माण कार्यलाई रोक्नुपर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने, साँस्कृतिक संरक्षणका कार्यक्रम ल्याइनु लगायतका सात बुँदे माग राख्दै मध्यपुरथिमिमा आज ती दलले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हो ।
एमाले, एमाओवादी, राप्रपा, नेमकिपा, नेकपा–माओवादी, नेकपा(माले) र सङ्घीय समाजवादी पार्टीले संयुक्त रूपमा घोषणा गरेको आन्दोलनका कार्यक्रममा क्रमस श्रावण ४ गतेदेखि साउन १३ गतेसम्म नियमित रूपमा वडा कार्यालयहरूमा ‘पेन डाउन’ कार्यक्रम सञ्चालन गर्ने र वडा कार्यालयहरूको कामकाज ठप्प पार्ने देखि नगरपालिका तालाबन्दीसम्मको कार्यक्रम रहेका छन।