शुक्रबार, बैशाख १४, २०८१

८ हजार ३८७ जना कोभिड सङ्क्रमितको पहिचान , ५३ को मृत्यु, ३३७० सङ्क्रमित संक्रमणमुक्त

काठमाडौं बैशाख २५ ,
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ३८७ जना कोभिड सङ्क्रमित थपिएका छन् । १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्नेक्रममा उल्लेखित सख्यामा सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै दिएको जानकारी अनुसार यसवीचमा ३ हजार ३७० जना सङ्क्रमित संक्रमणमुक्त हुँदै घर फर्केको जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा ५३ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ३ हजार ६३२ पुगको जानकारीदिएको छ । साथै कुल संक्रमित मध्ये संक्रिय संक्रमितको सख्या८३ हजार ४९३ जना रहेको समेत जनाएकोछ ।