शुक्रबार, बैशाख १४, २०८१

कांग्रेस केन्द्रीय समिति बैठक सोमवार बस्दै

काठमाडौँ बैशाख ११,

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो २ बजे बैठक बोलाइएको जानकारी दिएका छन ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न १४औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचन लगायतका विषयमा पनि छलफल हुने भएको छ ।