बिहिबार, बैशाख १३, २०८१

दिनानुदिन ह्वात्तै बढदै कोभिड संक्रमित, काठमाडौंमा मात्रै ६४४ जनामा संक्रमण, थप १४ को मृत्यु

काठमाडौं बैशाख ११,

पछिल्लो २४ घण्टामा देशभरबाट थप २ हजार ६ सय १९ जनामा कोभिड संक्रमण पुष्टि भएका छन । ७ हजार ५ सय २५ जनाको पिसिआर र १ हजार १ सय ४३ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा २ हजार ६ सय १९ जनामा संक्रमण देखिएको स्वास्थय मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ६४४ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा १४१ र भक्तपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको अवस्था छ ।

त्यस्तै मन्त्तालयले देशभर थप ३ सय ६८ जना कोभिड मुक्त भएर डिस्चार्ज भएको र यो संगै कोभिड मुक्त हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ जना पुगेको जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जनाले कोरोना संक्रमणका कारण मृत्यु भएको र यो संगै कोरोना संक्रमणबाट हाल सम्म ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको जानकारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031