शुक्रबार, बैशाख १४, २०८१

पूर्वमन्त्री तथा कांग्रेस नेता जोशीको निधन

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,

काठमाडौं चैत १३ ,
गत फागुन १४ मस्तिष्कघात भएसंगै नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री समेत रहेका ५७ वर्षीय नेताको जन्म विसं २०२० साल पुस २४ मा भएको थियो ।

काठमाडौं काँग्रेस क्षेत्र न ८बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भारी बहुमतका साथ निर्वाचित नेता  जोशी गएको संसदीय निर्वाचनमा सोहि क्षत्रमा वामगठबन्धनका उम्मेदवारसंग झिनो मतले पराजित भएका थिए ।

शालीन तथा भद्र ब्यक्तित्वका धनि जोशी नेता जोशीको असामयिक निधनको यस दुखद घडिमा यस www.kantipurhotline.com को तर्फबाट श्रद्धासमन सहित शोक सन्तप्त परिवारवनप्रति समवेदना व्यक्त गर्दछौं ।