बुधबार, बैशाख १२, २०८१

नेता जोशीको निधन शोकमा काँग्रेस क्षेत्र न. ८ले आधा झन्डा झुकाउने

काठमडौं चैत १४,
काठमाडौं काँग्रेस क्षेत्र न. ८ का सचिव राजेश श्रेष्ठले काँग्रेस नेता नविन्द्र राज जोशीको असामयिक निधन बाट सिङ्गो क्षेत्र न. ८ लाइ मात्र नभएर राष्ट्रलाइ अपुरणीय क्षती भएको बताउनुभएको छ । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र न. ८ बाट भारी बहुमतका साथ निर्वाचित क्षेत्र न. ८ का उज्ज्वल नक्षत्र नेता जोशीलाइ गत फागुन १४ मस्तिष्कघातभएबको थियो । मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचारको क्रममा उहाको शुक्रवार सांझ ८:२४ बजे असामयिक निधन भएको हो ।

काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री समेत रहेको नेता जोशीको निधनले हामीले एक अभिभावक गुमाएको बताउँदै सचिव श्रेष्ठले वहाँ प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै क्षेत्रीय सचिवालयको आकस्मिक बैठकले उहाँको निधन शोकमा क्षेत्र न. ८ मातहतका सवै वडा इकाइमा रहेको पार्टीको झन्डा आधा झुकाउने निर्णय सहित शोक प्रस्ताव पारित गरेको जानकारी दिनुभयो ।

त्यस्तै आज विहान ९ बजे स्व: जोशीको पार्थिव शरीररमा अन्तिम श्रद्धाञ्जलीका लागि क्षेत्र ८. कामपा वडा न १९. यट्खास्थित जोशी निवासमा ल्याइने र त्यसपछि ललितपुर सानेपास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि लगिने र त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने तयारी भएको जानकारी दिनुभयो ।