मङ्लबार, चैत्र ३१, २०७७

अग्रवालको अध्यक्षतामा पिडानको धनुषा शाखा विस्तारित

काठमाडौं चैत १३ ,

औषधि थोक व्यवसायी हरुको साझा संस्था पिडानका धनुषा शाखा विस्तार भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले विवितरुपमा शाखा सञ्चालनको अनुमति दिएसंगै शाखाको तर्दथ कार्यसमिति संरचना विस्तार भएको हो ।

तमाम थोक औषधि व्यवसायीको हकाधिकारका लागि निरन्तर क्रियाशील संघको साङ्गठनिक संरचना विस्तारसंगै धनुषाका सम्पूर्ण औषधिका थोक व्यवसायीवृतमा नयाँ उमंग सिर्जना भएको संघको केन्द्रीय सचिवालयले जनाएको छ ।

प्रमोद कुमार अग्रवालको अध्यक्षतामा विस्तारित संघको संस्थागत संरचनाका उपाध्यक्ष ,महासचिव, सचिव र कोषाध्यक्षमा क्रमस गणेश प्रसाद शाह, मनोज कुमार शाह, प्रमोद ठाकुर, राजकिशोर शाह रहेका छन ।

त्यस्तै कार्य समिति सदस्यहरुमा रमेश कमार शाह, अखिलेश कुमार शाह, अभिषेक सुरेका, अमित अग्रवाल, सञ्जय जलान र सञ्जीव कुमार जयसवाल रहेका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु