शुक्रबार, बैशाख ७, २०८१

पत्रकार महासंघको निर्वाचनमा ६बुँदे अवधारणा सहित ११ संगठनविच गठबन्धन

काठमाडौ चैत १३,
नेपाल पत्रकार महासंघको आश्नन निर्वाचन लक्षित हुँदै नेपाल प्रेस युनियनको नेतृत्वमा ११ संगठन बीच ६बुँदे साझा प्रतिवद्धता सहितको गठबन्धन गर्ने सहमति भएको छ ।

महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध एकाकार रहेका पत्रकार सम्वद्ध संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले गरेका छन ।

त्यस्तै बैठकपछि जारी विज्ञप्तिमा सरकारी सञ्चारमाध्यमलाई एकलौटी ढंगमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दूर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूमाथि मनोवैज्ञानिक दबाब दिने हर्कप्रति आपत्ति समेत जनाइएको छ । विज्ञप्तिमा मिडिया काउन्सिल विद्येयक, सार्वजनिक सेवा प्रसारण विद्येयक, सामाजिक सञ्जाल निर्देशिका ९अनलाइन० लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका सरकारले अघि बढाएका विद्येयकहरु फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

गठबन्धनमा प्रेस युनियनका अतिरिक्त प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, लोकतान्त्रिक छापा माध्याम राष्ट्रिय समाज , मिडिया नेपाल,प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु