शुक्रबार, बैशाख १४, २०८१

१८८ जना कोभिड सङ्क्रमित थपिदै गर्दा ७७ जना सङ्क्रमित डिस्चार्ज

काठमाडौं चैत १० ,
नेपालमा पछिल्ले २४ घण्टामा ४ हजार ३२ जनाको परीक्षणको क्रममा १८८ जना कोभिड सङ्क्रमित थपिएसंगै कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले आज कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दैप्रस्तुत जानकारी दिएको हो ।

त्यस्तै यसवीचमा ७७ जना सङ्क्रमित निको भएको र योसंगै निको हुन्ेको सख्या २ लाख ७२ हजार ९७ जना पुगेको जानकारी दिदै १२८ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएकोछ । वितेको २४ घण्टामा कसैको पनि मृत्यु नभए पनि हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ ।