शनिबार, बैशाख ८, २०८१

गुण एयरलाइन्सले आगामी बैशाख देखि नेपालको अधिकाशं ट्रन्क विमानस्थलमा उडान भर्ने

काठमाडौं चैत १० ,
नेपाली हवाइ उड्डयन क्षेत्रमा सन २००९ मा स्थापना भएको गुण एयरलाइन्स पुन सोही नाममा नेपाली आकाशमा आगामी बैशाख महिनाको पहिलो हप्तादेखि उडान शुरु गर्दै सेवाग्राहीलाइ सेवा दिने तयारी गरेको छ ।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार हाल २ वटा अमेरिकी विच जहाज द्वारा पोखरा भरतपुर भैरहवा र माउन्टेन फ्लाईट गरिरहेको यस एयरलाइन्सले आफ्नो उडान र विमान संख्या थप गर्दै आक्रामक तरिकाले नेपाली आकाशमा सेवा प्रदान गर्ने तयारी गरेको हो ।

हालै मात्र गुण एयरलाइन्सले अर्को स्वदेशी विमान कम्पनी यति एयरलाइन्स सङ्ग सम्झौता गरि हाल उडान संचालन गरीरहेको पाँच वटा जेट स्ट्रीम जहाज खरीद गर्नुको अलावा आगामी ३ महिना भित्र खरीद गरीएको जेट स्ट्रीम जहाज द्वारा नेपालको अधिकाशं ट्रन्क विमानस्थलहरु सिमरा, भरतपुर, जनकपुर भद्रपुर, बिराटनगर, नेपालगन्ज, धनगढी सुर्खेत तुम्लिङटार लगायत अन्य स्थान हरुमा सेवा बिस्तार गर्ने योजना समेत तय गरेको बजार प्रमुख थापाले जानकारी दिनुभयो ।

त्यस्तै राजेन्द्र शाक्य अध्यक्ष रहेको गुण एयरलाइन्ससंग २ वटा विच जहाज र थप भएको ५ वटा जेट स्ट्रीम जहाज समेत गरेर कुल ७ जहाज नेपाली हवाइ सेवामा समर्पित रहने जानकारी दिदै उहाँले गुण एयरलाइन्सको प्रस्तुत सेवासंगै स्वदेशी यात्रुहरुले थप सुबिधा पाउने विश्वास समेत ब्यक्त गनुभयो ।