काठमाडौं माघ २२,
महानगरीय अपराध महाशाखाले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त ललितपुर महालक्ष्मी नगरपालिका९६ ईमाडोल बस्ने ५५ वर्षीय मणि कुमार थापालाई मंगलबार पक्राउ गरेको छ ।
थापाले घर जग्गाको काम गर्ने सिलसिलामा विभिन्न ब्यक्तिहरुसँग रकम लिई सो बापत विभिन्न बैंकको चेक काटिदिने र सो पश्चात बैंकमा पैसा जम्मा नगरी सम्पर्क बिहिन हुने गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै पक्राउ परेका थापा विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी बृत सातदोबाटोमा समेत सोहि प्रकरणमा मुद्दा दर्ता रहेको खुल्न आएको जनाउदै महाशाखाले थापा उपर गप छानविनका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।