शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा ७८ सहित देशभर थप १७१ जना सङ्क्रमित थपिए, २ को मृत्यु

काठमाडौं माघ २२ ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन् न प्रयोगशालामा ३ हजार ९०७ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौँ उपत्यकामा ७८ सहित देशभर थप १७१ जना सङ्क्रमित थपिएसंगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ६०२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा २२७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केसंगै कोभिड मुक्त हुनेको संख्या दुई लाख ६७ हजार२९२ जना पुगेको २ हजार २७७ जनामा सक्रिय संक्रमण रहेको जनाएको छ ।

साथै मन्त्रालयले यसवीचमा २ जना सङ्क्रमितको मृत्यु भएको र योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको सख्या २ हजार ३३ पुगेको
जनाएको छ ।