शुक्रबार, बैशाख १४, २०८१

पत्रकारहरुलाइ सिभिल अस्पतालमा कोभिड विरुद्धको खोप लगाईंदै

काठमाडौ माघ २५,
सरकारले सोमबारदेखि पत्रकार,   दुतावास तथा कुटनीतिक नियोगका कर्मचारीका लागि कोभिड बिरुद्धको खोप लगाउने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका लक्षित वर्गका लागि खोप अभियान शुरु गरेको ११ दिनपछि पत्रकार तथा कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार पत्रकारले सोमबार देखि शुक्रबारसम्मराजधानीको मिनभवनस्थित सिभिल अस्पतालमा विहान ८ बजे देखि अपरान्ह ४ बजेसम्ममा सूचना विभागको प्रेस पास सहित खोप लगाउन लगाउन सक्ने जनाएको छ ।

पछिल्लो समय सवै पत्रकारले विभागको प्रेस पास लिन नसकेको अवस्थालाइ दृष्टिगतगर्दै आफु कार्यरत सम्वन्धीत सञ्चारगृहको प्रेसकार्डको आधारमा खोप लगाउने सवालमा उच्चतहमा छलफल भइरहेको सम्वद्ध स्रोतले जनाएको छ ।