शुक्रबार, बैशाख १४, २०८१

स्रोत नखुलेको ४९ लाख रुपैयाँ सहित २ जना पक्राउ

बारा माघ २५
फेटा गाउँपालिका ५ जोतपुरबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँ सहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतो सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकलको चेकजाँचको क्रममा चालक महतोलाई पक्राउ गर्दै मोटरसाइकल सहित नियन्त्रणमा लिएको जनाउदै सोसम्बन्धमा थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।