शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा ३१८ सहित देशभर थप ७ सय ४३ जनामा कोभिड संक्रमण

काठमाडौं पुस ८ ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगालामा पाँच हजार ५सय ५९ वटा नमुना स्वाव परिक्षणको क्रममा  काठमाडौ उपत्यकामा ३१८ सहित देशभर थप ७ सय ४३ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ । यसमध्ये ७ हजार ५१५ जनामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौ उपत्यकाको तीन जिल्ला मध्ये काठमाडौमा २५० ललितपुरमा ३४ र भक्तपुरका ३४ जना रहेको जानकारी दिदै ७ हजार ५१५ जनामा आइसोलेशनमा र ४०९ जना क्वारेन्टिनमा रहेको जानकारी दिएको छ ।

त्यस्तै यसवीचमा ९५२ जना सङ्क्रमित उपचारपछि डिस्चार्जभएसंगै निको हुनेको सख्या दुई लाख ४६ हजार ६६१ पुगेको छ भने ५ जना सङ्क्रमितको मृत्यु भएसंगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको सख्या १ हजार ८०३ पुगेको जनाएकोछ।