शुक्रबार, बैशाख १४, २०८१

इमेल तथा फेसबुकमार्फत महिलाहरुलाई यौन उत्पीडन गर्ने  रेग्मी र विश्वकर्मा पक्राउ

काठमाडौं पुस ३ ,
नक्कली इमेल तथा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाहरुलाई अश्लिल सन्देश, तस्बिर पठाउँदै यौन उत्पीडन एवम् हैरानी गरेको अभियोगमा नेपाल पहरीको साइबर ब्यूरोले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका ७ गल्फुटार बस्ने मोरङ विराटनगर उपमहानगरपालिका-३ घर भएका ३३ वर्षीय सुमन रेग्मी र चितवन माडीनगरपालिका ६ कल्याणपुर बस्ने ३५ वर्षीय थम बहादुर विश्वकर्मा रहेको जनाउदै प्रहरीले सुमनलाई काठमाडौंबाट र थम बहादुरलाई जिल्ला प्रहरी कार्यालय चितवन समेतको सहयोगमाचितवनबाट पक्राउ गरिएको जाकारी दिएको छ ।

प्रहरीका अनुसार सुमनले फेक इमेल बनाई महिलालाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने, यौन उत्पीडन दिने, Sex Extortion गर्ने, हैरानी गर्ने कार्य गरेको तथा थम बहादुरले सामाजिक सञ्जाल फेसबुकमा फेक आईडीबनाई नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी हैरानी दिने कार्य गरी विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको अनुसन्धानबाट खुलेसंगै अभियुक्तद्दयलाइ पक्राउ गरेको र निजहरुउपर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।