शुक्रबार, बैशाख १४, २०८१

प्रस्तावित एजेन्दामा सामान्य छलफल वाहेक विना निष्कर्ष टुंगियो नेकपाको सचिवालय बैठक

काठमाडौं असोज २०,

सत्तारुढ दल नेकपाको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आाज बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्दय केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच भएको छलफल अनुरुप मन्त्रीमण्डल पुर्नगठन अन्र्तगत रिक्त रहेको अर्थ, सञ्चार र शहरी विकास गरि ३ मन्त्रालयमा नयाँ मन्त्री थप्ने प्रस्तावलाई मूर्तता दिनुको अलावा मौजुदा मन्त्रीमण्डल समेत हेरफेर र राजदूत नियुक्तिपछि देखिएको विवाद, पार्टी एकताका बाँकी काम लगायतका विषयमा समेत गम्भीर छलफल हुने बताईए पनि प्रस्तुत कुनै पनि एजेन्दामा कुनै छलफल नभएको बुझिएको छ ।
बैठकपछि पार्टी प्रवक्ता प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले गरेका निर्णय कार्यान्वयनबारे सामान्य छलफल भएपनि ठोष निर्णय नभएको जानकारी दिदै चिकित्सा शिक्षाको सुधार सहित विभिन्‍न ६ बुँदे माग राख्दै २२ दिनदेखि अनसनरत डा। गोविन्द केसीलाई अनसन तोड्न सत्तारुढ दल नेकपाले कोभिड महामारीको समयमा अनसन बस्‍नु उपयुक्त होइन भन्दै अनसन तोड्न आग्रह गरिएको बताउनुभयो ।
त्यस्तै प्रस्तावित एजेन्दामा सामान्य छलफल वाहेक कुनै नितिगत निर्णय नभएको उहाँले बताउनुभयो ।