बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा ५ को मृत्यु, थप १ हजार १७ जनामा संक्रमण

काठमाडौ असोज २०,

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ४७ जनाको पीसीआर परीक्षणको क्रममा पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा थप १ हजार १७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौमा ७८३ जना, भक्तपुरमा ११६ जना र भक्तपुरमा ११८ जना गरी कुल १ हजार १७ जनामा संक्रमण देखिएको जानकारीदिनु भयो ।

त्यस्तै आज काडमाडौं उपत्यकाका ५ सहित संक्रमणका कारण देशभर थप ९ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।उपत्यकामा संक्रमणका कारण मृत्युहुनेमा क्रमस ललितपुरका ६१ , ६७ र ७७ वर्षीय, काठमाडौका ५९ र ६० वर्षीया संक्रमित  मृत्युभएको मन्त्रालयले जनाएको छ । त्यस्तै   देशभर थप २ हजार ३ सय ४० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।