काठमाडौं कात्तिक २७ ,आसन्न निर्वाचनलाइ लक्षित एवम् आफ्ना पार्टीका नेता कार्यकर्ता गिरप्तारीको विरुद्ध बन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन बिहानदेखि प्रभावित भएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचारमा उल्लेख भएअनुसार बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेनुको अलावा बन्दका कारण बिहानी कक्षाका लागि क्याम्पस हिँडेका विद्यार्थी घर फर्किएका छन् । त्यस्तै लिवाङबाट छुट्ने लामो तथा छोटा दूरीका कुनै पनि यातायातका साधन चल्न नसकेको बताईएको छ ।