शुक्रबार, बैशाख ७, २०८१

महासंघद्दारा पत्रकारमाथिको दुव्र्यवहार र गिरफ्तारी घटनाको भत्र्सना

 काठमाडौं कार्तिक २७, नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा  टिभी टुडेका सम्वाददाता कान्ता गिरी र क्यामेरा पर्सन दर्शन खत्रीमाथि ‘इन्ष्टिच्यूट अफ मेनेजमेन्ट स्टटिज’ का सञ्चालक भावना राणा र त्यहाँका कर्मचारीले गरेको दुव्र्यवहार तथा प्रहरीको गिरफ्तारीको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघद्दारा जारीविज्ञप्तिमा समाचार संकलनका लागि अग्रिम जानकारी गराएर पुगेका पत्रकारद्वय गिरी र खत्रीलाई सञ्चालक राणासहितका कर्मचारीले गालीगलौज गर्नुका साथै क्यामेरा र मोवाइल नियन्त्रणमा लिई हातापातको प्रयास गरेका थिए । सोही क्रममा प्रहरीले पत्रकारद्वयलाई गिरफ्तार गरी सिंहदरबार वृत्तमा करिव चार घण्टा नियन्त्रणमा राखेको थियो । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको पहलमा आइतबार साँझ पत्रकारद्वयलाई मुक्त गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा उक्त शैक्षिक संस्थामा पूर्व जानकारी गराएर समाचार संकलनका लागि गएका पत्रकारमाथि दुव्र्यवहार गर्दै प्रहरीले नियन्त्रणमा लिनु भनेको प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको भन्दै महासंघले निर्वाध  रूपमा समाचार संकलन र संप्रेषण गर्न पाउने पत्रकारको संवैधानिक र कानुनी अधिकार कुण्ठित गर्ने यस प्रकारको घटनाको विरोध र भत्र्सना गरेको छ ।   साथै महासंघले दोषीमाथि कानुनी कारबाही गर्न र प्रेस स्वतन्त्रताविरोधी घटना दोहोरिन नदिन सम्बन्धित पक्षसँग माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031