शनिबार, बैशाख १५, २०८१

३ बुँदे सहमतिसंगै परिवार दल पनि एमालेमा विलय

काठमाडौं असोज २०, आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नेपाल परिवार दलले एमालेवीच चुनावी गठबन्धन हुने भएको छ ।  राष्ट्रिय आवश्यकता अनुरुप मसलुकको तिब्र आर्थिक विकासका लागि भन्दै दुइ पार्टीवीच आज भएको ३ बुँदे सहमति अनुसार परिवार दलका उम्मेद्वारहरूले पनि ‘सूर्य’ चिन्ह लिएर चुनाव लड्ने र   परिवार दलका उम्मेद्वारहरूलाई एमालेले नै टिकट दिने उल्लेख रहेको छ ।
त्यसैगरी सहमति अनुसार संसंद बाहिर नेपाल परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहने छ भने संसद भित्र एमालेले ह्वीप जारी गरेको विषय बाहेक अन्यमा नेपाल परिवार दलका प्रतिनिधिले स्वतन्त्र ढंगबाट आफ्ना तथा पार्टीको विचार राख्न सक्ने उल्लेख  गरिएको  छ ।   त्यस्तै  एमाले नेतृत्वको  गठवन्धनमा रहेका सबै पार्टीका उम्मेद्वारलाई विजय गराउन नेपाल परिवार दल केन्द्रदेखि प्रदेश तह सम्म क्रियाशिल रहने प्रतिवद्धता अभिव्यक्त गरिएको उक्त सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गर्नु भएको छ ।