शनिबार, बैशाख ८, २०८१

बृहत् लोकतान्त्रिक गठबन्धन कार्यदलको संयोजकमा निधि

काठमाडौ असोज २०,  नेपाली काँग्रेसको नेतृत्वमा गठित ६ दलीय बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजकमा काँग्रेसका विमलेन्द्र निधिलाई सर्वसम्मतिले चयन गरेको छ ।

आसन्न निर्वाचनलाइ लक्षित गर्दै पार्टी एकताको पहल सहित एमाले , माओवादी केन्द्र र नयाँशक्तिवीच वाम गठबन्धन बने पछि काँग्रेसले पनि आफ्नो नेतृत्वमा छ दल लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे, संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहनु भएको कार्यदल गठन गरेको थियो ।

कार्यदलको आज बसेको बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा न्यूनतम निर्वाचनका साझा कार्यक्रमलगाय निर्वाचनका लागि आवश्यक कार्यनिती बनाउँन कार्यदलको संयोजकमा नेता निधिलाई सर्वसम्मतिले चयन गरेको हो ।