शुक्रबार, बैशाख १४, २०८१

विभागद्दारा मिसावट खाद्यान्नको नियन्त्रण गर्न अनुगमन

काठमाडौं असोज २४ , खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग , उपभोक्तावादी संस्थाका प्रतिनिधी स्थानिय प्रशासन, पत्रकार सहितको संयुक्त अनुगमन टोलिले चाडपर्वको अवसरमा उपभोक्ताको स्वास्थय माथि हुन सक्ने   खेलवाड र मिसावट खाद्यान्नको नियन्त्रण गर्ने लक्ष्य अनुरुप अनुगमन गरेको छ ।

अनुगमनको क्रममा विभाग नेतृत्वको टोलीले राजधानीको कालिमाटीस्थित मंगलसिद्दि झिगु मरी पस , स्विट केभ, सजनगोठ, अन्नपुर्ण मिष्ठान्न भन्डार, व्यन्जन मिष्ठान्न भन्डार र चक्रधर स्विट्समा विक्रिवितरण गर्ने कक्ष, उत्पादन स्थल, भण्डारण कक्ष आदिको निरिक्षण अनुगमन गरेको जनाएको छ ।  त्यस्तै अनुगमनको क्रममा मंगलसिद्दि झिगु मरीको उत्पादन स्थल फोहोर, अव्यवस्थित र सागुँरो पाईएकोले उत्पादनकार्य रोक्का गरि ३ दिन भित्रमा आवश्यक सुधार समेत गर्न निर्देशन दिईएको जनाएको छ । अनुगमनकै क्रममा अन्नपूर्ण मिष्ठान्न भण्डारमा लेबल नखुलेका करिब ७५ पाकेट नमकिन भुजिया र फुरनदाना जफत गरेका छन ।

उपभोक्ताको उजुरीको आधारमा विभागले महाकांल ४, स्थित पशुपति स्प्रिङ वाटर ऊद्योगको मिति २०७४।५।११ गते, ब्याच नं। ६ भएका एक्वा एक्सप्रेश ब्राण्डको प्रशोधित पिउने पानीमा कैफियत पाईएकोले पानीको परिक्षणका लागि नमुना संकलन गर्नुको साथै अर्को निर्देशन नभएसम्म उत्पादन कार्य रोक्का गर्न आदेश दिईएको  विभागद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।