शुक्रबार, चैत्र १६, २०८०

भूकम्प पीडितलाई निर्ब्याजी ऋण

काठमाडौं असोज २४,  भूकम्प पीडितलाई निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि मन्त्रिपरिषद बैठकले संशोधन गर्ने निर्णय गरेको छ।अब भूकम्प पीडितहरुले सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप ३ लाख निर्ब्याजी ऋण पाउने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरेको हो । सरकारले भूकम्प पीडितहरुलाई सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि बनाएको थियो । तर, बैंकहरुले विना धितो ऋण दिन अस्वीकार गरेपछि सरकारले कार्यविधि संशोधन गरेर धितो जमानी राख्ने व्यवस्था गरेको हो ।