शनिबार, बैशाख १५, २०८१

उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पणसंगै छठ पर्व सम्पन्न

काठमाडौं कात्तिक १० ,राजधानी लगायत देशका विभिन्न भागमा आज विहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न गरिएको छ । राजधानीको कमलपोखरी, टङकेश्वर,शङखमूलमा भक्तजनले सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गरेको हो । यसअघि हिजो विहिवार भक्तजनहरुले अस्ताउँदै गरेको सूर्यको पूजा गर्दै षष्ठी मातालाई अर्घ अर्पण गरेका थिए । सूर्यदेवलाई ठेकुवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद पनि अर्पण गरिएको थियो ।