मङ्लबार, बैशाख ११, २०८१

माला जप्ने हातले भाला वोक्न बाध्य नतुल्याउन अध्यक्ष सिंहको चेतावनी

 राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि सम्पूर्ण राष्ट्रवादी शक्तिकेन्द्रलाइ
अनेकतामा नभइ एकताको सूत्रमा गोलवद्ध हुन महासंघको आह्वान

काठमाडौं कात्तिक १० , विश्व हिन्दू महासंघले आज राजधानीमा पत्रकार सम्मेृ नको आयोजना गर्दै राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि सम्पूर्ण राष्ट्रवादी शक्तिकेन्द्रलाइ अनेकतामा नभइ एकताको सूत्रमा गोलवद्ध हुन आह्वान गरेको छ ।  पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष जनरल भरत केसर सिंहले गत कात्तिक ४ गते पूर्वराजाबाट व्यक्त भएको अभिव्यक्ति समय सान्दर्भिक, राजनीतिक स्थिति अनुकूल तथा स्वागतयोग्य भएको भन्दै राजाको अभिव्यक्तिमा निहित मार्मिकतालाइ मनन गर्दै राष्ट्रियता र राष्ट्रवादका लागि एक भएर अगि बढ्न अव कत्तिपनि विलम्व गर्नु नहुँनेमा विशेष जोड दिनु भएको छ ।

 साथै उहाँले यो वा त्यो नाममा बढ्दो यावत अराजकताको कारण आज मुलुकको अवस्था जर्जर भएको भन्दै वडा महाराजधिराज पृथ्वीनारायण शाहको अथक प्रयासबाट एकिकरण भएको मुलुकलाइ सवल र सक्षम बनाउँदै मुलुक र मुलुकको अस्मितालाइ अक्षुण राख्न एकजुट हुँदै अगाडि बढ्नुको अव विकल्प नभएको समेत जिकिर गर्नु भएको छ ।

साथै सम्मेलनमा पत्रकारहरुद्दारा सोधिएको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष सिंहले महासंघको तर्फबाट शालिनतापूर्वक माग गरिएको धर्म हिन्दू अधिराज्य घोषणा लगायतका मागलाइ सम्बोधन गर्नेतर्फ राज्यले हदैसम्मको उदासिनता देखाएको भन्दै आफ्नो शालिनतालाइ राज्यले नजरअन्दाज गर्नेक्रममा पूर्णविराम नलगाए शालिनता विद्रोहमा परिणत हुने र लोक कल्याणका लागि माला जप्ने हातले भाला वोक्न बाध्य हुने भन्दै यसतर्फ सचेत हुन चेतावनी समेत दिनु भएको छ ।

पत्रकार सम्मलेनमा महासचिव अस्मिता भण्डारी त्यस्तै गरि महासंघका पूर्व अध्यक्ष हेम बहादुर कार्की लगायतका वक्ताले राजाबाट अभिव्यक्त भनाइको सार्थकता र मुलुकको आवश्यकता भएको भन्दै अभिव्यक्त भावनाको सारतत्व अनुरुप आम राष्ट्रवादी नेपालीलाइ एकाकार हुन अपिल गर्नु भएको थियो ।