शुक्रबार, बैशाख १४, २०८१

अर्धनारेश्वरको मेला भर्न हिन्दू तथा बौद्धमार्गीको घुइचों

काठमाडौ असोज १९,  काठमाडौको चोभार स्थित आदिनाथ मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि एक महिनासम्म लाग्न मेला आजबाट सुरु भएको छ ।
हिन्दूमार्गीले शिवका रूपमा तथा बौद्धमार्गीले लोकेश्वरका प्रारुपमा पुजिने आदिननाथ यस मन्दिरमा यस प्राचीन मन्दिरमा शिव तथा पार्वतीको संयुक्त आकृति प्रतिबिम्बित भएकाले अर्ध नारीका रूपमा पूजा गर्न हिन्दू तथा बौद्धमार्गी दुवैले आस्था प्रकट गरी मेलामा सहभागी हुने गरेको स्थानीयले बताएका छन ।मेलाको अवसरमा आदिनाथको दर्शन गरेमा रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख र शान्ति मिल्ने जनविश्वास रहिआएको छ ।