बिहिबार, बैशाख १३, २०८१

शुक्रवार काँग्रेस के.स.को बैठक आव्हान

 काठमाडौ असोज १९,  मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेसले शुक्रवार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार विहान ८ बजेबाट बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले आग्रह गर्नुभएको काँग्रेस मुख्यालयले जनाएको छ ।