शनिबार, बैशाख १५, २०८१

सालैजो गीत लाहुरे दाई बजारमा

काठमाडौं कार्तिक २८,  आफनो कामको शिलसिलामा बाहिर रहेर पनि गीत नेपाली गीत संगीतलाई जगेर्ना एबंम संरक्षण गर्ने उदेश्यले कतारस्थित मगर सांस्कृतिक संघ शाखा र नेपाली कलाकेन्द्र दोहा कतारले गायक,संगीतकार डोलराज बारघरे मगर र निरु श्रीष मगरको अत्यन्तै मौलिक सालैजो गीत लाहुरे दाई बजारमा आएको छ ।  सर्जक खेम राना मगरको शब्द संगीत रहेको उक्त गीतमा डोलराज बारघरे र निरु श्रीषको स्वर रहेको छ भने गायक बारघरेकै संगीत संमोयाजन रहेको छ ।

चर्चित मोडेल तथा निर्देशक सुमन थापा मगरको निर्देशनमा बनेको भिडियोलाई जनक लाफा मगर,सुमन थापा मगर रोशिका लामा र पिंकी थापा मगरको अभिनयले अझै आकर्षक बनाएको छ । जनक लाफा मगरको बिशेष पहल र अनुषका थापा मगर,सांस्कृतिक संघ र नेपाली कलाकेन्द्रको बिशेष सहयोगमा निर्मार्ण गरिएको गीतलाई कतारको बिभिन्न शहरमा छाँयाकन सहित गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको  छ ।