शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिको निर्वाचन संविधान निर्माण पछि मात्र : अध्यक्ष विजुक्छे

rohit भक्तपुर पौष १३, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हिजो रफत सञ्चार क्लबद्वारा आज भक्तपुरमा आयोजना गरेको अन्र्तसंवाद कार्यक्रममा बोल्दै प्रमुख राजनीतिक दलहरू नेपाली काँग्रेस र एमालेबीच सत्ता साझेदारी भएको अवस्थामा एक वर्षभित्र संविधान जारी गर्न सहज हुने अन्यथा संविधान जारी हुने संभावना क्षिण हुँदै जाने बताउँनु भएको छ । त्यस्तै मुलुकलाई जातियता जना रोक्नका लागि पनि काँग्रेस र एमालको सरकार बन्नुपर्नेमा विशेष जोड दिनुभएको थियो ।

साथै अध्यक्ष बिजुक्छेले अहिलेनै राष्ट्रपतिको निर्वाचनको बखेडा झिक्दै संविधान निर्माण कार्यलाई ओझेलमा पार्ने षडयन्त्र सुरु हुँन थालेको आशंका गर्दै राष्ट्रपतिको निर्वाचन संविधान निर्माण पछि मात्र हुनुपर्ने जिकिर गर्नु भएको थियो ।