शनिबार, बैशाख १५, २०८१

बागी उमेदवारीका कारण बाम गठबन्धन र मधेसवादी गठबन्धनका नेताहरु सकसमा

 काठमाडौं कार्तिक् १७ , आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममा बिहीबार विभिन्न जिल्लामा वाम गठबन्धन र मधेसवादी गठबन्धनका नेताविरुद्ध बागी उमेदवारी दर्ताको कारण दुवै गठबन्धनका नेताहरु अहिले सकसमा परेका  छन ।  एमाले – माओवादी केन्द्रको वाम गठबन्धनराजपा  र फोरम नेपालको मधेसवादी गठबन्धन विरुद्ध बागी उम्मेदवारको लर्कोका कारण   गठबन्धनका आधिकारिक उम्मेदवारहरु हैरानीमा परेको हो ।

 यसम्बन्धमा प्राप्त पछिल्लो समाचार अनुसार महोत्तरी–३ बाट उम्मेदवारी दर्ता गराएका राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर विरुद्ध राजपा नेपालकै निवर्तमान सांसद चन्देश्वर झाले बागी उम्मेदवारी दिएको त्यस्तै  सप्तरी–२ बाट उम्मेदवारी दिएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विरुद्ध । यादवविरुद्ध राजपा नेपालका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दर्ता गराएको थाहा भएको छ ।

त्यस्तै गरि राजपा नेपाल नेता राजेन्द्र महतो विरुद्ध धनुषा–३ सद्भावना पार्टीका साहत्नी रंगिला साह, पूर्वस्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले पनि धनुषा–३ बाटै उम्मेदवारी दर्ता गराएकी छन् भने अर्का नेता अनिल झाविरुद्ध रौतहट–१ मा फोरम नेपालका नेता एवं पूर्वसांसद बबन सिंहले उम्मेदवारी दर्ता गराएको बुझिएको छ । त्यस्तैगरि उदयपुरमा पनि वाम गठबन्धनविरुद्ध गठबन्धनकै सातजनाभन्दा बढी नेताहरुले बागी उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त जानकारी अनुसार उदयपुरको क्षेत्र नं २ मा गठबन्धनका आधिकारिक उम्मेदवार सुरेश किराँती विरुद्ध एमालेका जगन्नाथ खतिवडाले बागी उम्मेदवारी दर्ता गरेका छन् । भने बाम गठबन्धन हर्का आधिकारिक उम्मेदवार भेषकुमारी राउतविरुद्ध माओवादी केन्द्रकै जिल्ला नेता नारायण बुर्जा र एमालेका होमप्रसाद दाहालले बागी उम्मेदवारी दर्ता गराएको बुझिएको छ ।  साथै यता त्रियुगा नगर क्षेत्रबाट प्रदेशसभाको उम्मेदवार रहृका वाम गठबन्धनका उम्मेदवार रामबहादुर थापाविरुद्ध माओवादी केन्द्रका जिल्ला नेता मीनबहादुर ठकुरी र जीवन कार्की समेतले बागी उम्मेदवारी दिएको थाहा भएको छ ।