शनिबार, बैशाख ८, २०८१

वाम गठबन्धन केवल सत्ता प्राप्तिका लागि भएको नेता बिजुक्छेंको आरोप

 बिजुक्छें भने- राष्ट्रिय राजनीतिबाट सन्यास लिएको छैन 

भक्तपुर कत्तिक १७, नेपाल मजदुर किसानका अध्यक्ष नारयाणमान बिजुक्छेंले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पार्नुभएको छ ।  रफत सञ्चार क्बलद्वारा शुक्रवार आयोजित अन्तक्रियामा उहाँले आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बताउनुभयो । उहाँले नयाँ पुस्तापनि जिम्मेवारी बहन गर्न सक्षम रहेको कारण पार्टीको निर्णय अनुसार नै पुस्ता हस्तान्तरण गरिएको बताउनुभयो ।
उहाँले नेपालको राष्ट्रिय राजनीतिले बाटो विराउँदै गएको वर्तमान अबस्थामा पाटी विस्तार भन्दा पनि आफू र आफ्नो पार्टीले सैद्धान्तिक र गुणात्मक बिषयको उठाउन गर्दै वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमिा सक्रियरुपमा रहने भन्दै बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका एमाले र माओवादी केन्द्रको सत्ता प्राप्तिका लागि मात्र गठबन्ध गरेको आरोप लगाउँदै गठबन्धन भित्र नै आन्त्रिक कलह भैरहेकोले यसले दिर्घकालिन रुप लिन नसक्ने बताउनुभएको छ ।  गठबन्धनले देशमा दुई पार्टीको रुपमा देखिने चर्चा गर्दै उहाँले दुई पार्टीको रुपमा राजनीतिक दलहरु आए झनै राजनीतिक भद्रगोल हुने भन्दै उहाँले थ्रेस होल्डले प्रजातन्त्रको मर्मलाई अन्त्य गर्ने बताउनुभयो ।