शुक्रबार, बैशाख १४, २०८१

पत्रकार पराजुलीसहित तीन जनाको निधनप्रति महासंघद्दारा दुःख व्यक्त

प्रहरी महानिरीक्षक खनालद्वारा समवेदना

काठमाडौं कार्तिक ११ , नेपाल पत्रकार महासङ्घले काभ्रेपलाञ्चोक शाखाका सदस्य जीवन पराजुलीको सवारी दुर्घटनामा परी २४ वर्षको अल्पायुमै निधन भएको खबरले महासंघ स्तब्ध भएको जनाएको छ । महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित चुरेथुम्कामा बा ३ च २८७ जीप दुर्घटना हुँदा पत्रकार पराजुलीसहित तीन जनाको निधन भएको थियो ।

त्यस्तै विज्ञप्तिमा स्वर्गीय पराजुलीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । महासङ्घले उक्त दुर्घटनामा परी निधन भएका प्रहरी नायव महानिरीक्षक सुशीलकुमार भण्डारी र नेपाल ट्रेड युनियन काङ्ग्रेसका प्रदेश नं ३ का अध्यक्ष विनोद कार्कीप्रति पनि श्रद्धाञ्जलि अर्पण गरेको छ ।

यसैवीच नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले काभ्रेको मण्डनदेउपुरमा शनिबार भएको जीप दुर्घटनामा परि पत्रकार पराजुलीसैगै निधन भएका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारीको निधनप्रति प्रहरी सङ्गठन मर्माहित भएको बताउँदै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

ज्यान गुमाएका जीवन पराजुली र विनोद कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नभएको छ ।