शनिबार, बैशाख १५, २०८१

आत्मघाती आक्रमणमा २० जनाको मृत्यु

एजेन्सी असोज २१ , पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त अन्र्तगत झाल मुग्सी जिल्लामा अवस्थित सुफी मुस्लिम धर्मावलम्वीको पवित्रस्थलनजिकै बिहीबार भएको सो आत्मघाती आक्रमणमा परि ज्यान गुमाउने व्यक्तिको सङ्खया २० पुगेको छ । आत्माघाती आक्रमणकारीले मस्जिद परिसर जान खोज्दा मस्जिदको सुरक्षार्थ खटिएका प्रहरीले आक्रमणकारी रोक्दा रोक्दै मस्जिदबाहिरै विस्फोट गराएका थिए । त्यसक्रममा प्रार्थनागरी फर्कदै गरेका १३ जना स्थानीय वासिन्दाको तत्काल मृत्यु भएको अधिकारहिरुले जनाएको छ । समाचार एजेन्सीले स्थानीय अधिकारीलाइ उदृत गर्दै जनाएअनुसार आक्रमणको क्रममा १३ जनाको मृत्यु भएको र उक्त घटनामा घाइते भएका मध्ये थप ७ जनाको मृत्यु भएको जनाएको छ ।