बिहिबार, बैशाख ६, २०८१

पूर्वमन्त्री ढकाललाइ मातृशोक

काठमाडौं असोज २१ , परिवाल दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकाललाइ मातृशोक परेको छ ।  पूर्वमन्त्री ढकालको ८३ वर्षिय ममताममयी आमा टंककुमारी ढकालको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज विहान निधन भएको हो । निमोनिया र दमरोगबाट पिडित ढकालको आजै हिन्दू संस्कार अनुरुप चितवनको देवघाटमा अन्तेष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।  स्व: ढकालको पूर्वमन्त्री एकनाथ ढकाल सहित दुइ छोरा र सात छोरी रहेको छ ।

यसैवीच पूर्वमन्त्री ढकाललाइ परेको मातृशोकको यस दु: खद घडीमा पत्रकार समाज नेपाल , मिसन मिडिया क्लव, कान्तिपुर हटलाइनको तर्फबाट मृतआत्माको चिरशान्तिको कामना सहित श्रद्धाञ्जली र शोकसन्तप्त परिवाजनमा समवेदना प्रकट गरेको छ