मङ्लबार, बैशाख २५, २०८१

आज ममताकी प्रतीक आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाउदै

(मातातीर्थ औशीको अवसरमा मातातीर्थ कुण्डमा पुगेर त्यहाँ स्नान गरि आफ्नी दिवंगत आमाको स्मरण गर्दै गरेको अवस्था )

जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैमा महत्वपूर्ण छ

काठमाडौ बैशाख २१, आज मातातिर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा आज वैशाख कृष्णपक्ष औंशीलाई मातातीर्थ औंशी पर्वका रुपमा मनाइने गरिन्छ ।  प्रत्येक वैशाख कृष्णपक्ष औंशीका दिन मनाईने मातातीर्थ औंशी दिन विशेषगरि छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई विभिन्न उपहार सहित जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता सहित आशिर्वाद थाप्ने चलन छ ।

त्यस्तै आमाले पनि यस दिन छोराछोरीलाई दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष दिन्छन् । साथै आमा नभएकाहरुले भने आजका दिन राजधानीदेखि १० किलोमिटर पश्चिम-दक्षिणमा थानकोटसँगै रहेको मातातीर्थ कुण्डमा पुगेर त्यहाँ स्नान गरि आफ्नी दिवंगत आमाको स्मरणमा तपर्ण र पिण्डदान तथा पुरोहितलाई सिदा दान र भोजन गराउँदै दिवङगत आमाको सम्झ्ना गर्ने प्रचलन रहेको छ । साथै त्यहाँसम्म पुग्न नसकेकाहरूले कुनै देव वा तीर्थस्थलमा आमाका नाममा ब्राह्मणलाई सिदा दान गर्ने परम्परा रहेको छ ।

 मातातीर्थ औसीका सम्बन्धम प्रचलित किंवदन्ती अनुसार भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो । उहाँलाई अपरिचित र नौलो देखेर स्थानीयवासीले आक्रमण गरे । उनीहरूबीचको घमासान युद्धका कारण दुवै पक्ष आकुल व्याकुल बन्न पुगे । उक्त समयमा सीतालाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीरामले ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै गङ्गाजीको स्तुति गर्दै तीनपटक मन्त्र उच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बनेको भनाई छ । त्यहाँ सीताले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुङ्गाको मूर्तिमा कोरिन पुग्यो ।

त्यस्तै अर्को किंवदन्तीअनुसार उक्त समयमा त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ,, उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर र्फकने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई-बुझाई फर्काइन् । आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो ।

यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन् । यो तीर्थमा सतीदेवीको अंग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्रीस्वस्थानी व्रतकथामा पाइन्छ । पुण्यप्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । हामी कुनै दुःख-कष्ट आइपर्दा पहिले आमालाई नै सम्झन्छौं । यसरी हामीले आमाबाट जन्मदेखि ठूलो हुन्जेलसम्म माया, ममता र संरक्षण पाइरहेका छौं । यसैले आमा हाम्री जननी हुन्, देवी हुन् । आमालाई कुनै पनि हालतमा श्रद्धा र सम्मान गर्न चुक्नुहुँदैन । आमाको अपमान गर्दा वा अपशब्द बोल्दा जो-कसैलाई घोर पाप लाग्छ भनेर पौराणिक ग्रन्थहरूमा प्रस्ट उल्लेख गरिएको छ । आमाको जस्तो निष्कलंक, स्वच्छ माया अरू कसैले दिनसक्दैन । संस्कृतमा उक्ति पनि छ कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930