मङ्लबार, बैशाख ११, २०८१

चक्रवात ‘फानी’को प्रभावका कारण हावाहुरीसहित वर्षाको संभावना : महाशाखा

काठमाडौं बैशाख २१ , मौसम पूर्वानुमान महाशाखाले चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको संभावना रहेको जनाएको छ।

साथै महाशाखाले आफ्नो पछिल्लो अपडेटमा धेरैनै शक्तिशाली चक्रवात “फानी” रातभरमा कम्जोर भई चक्रवातको रुपमा हाल उत्तर पश्चिम कोलकाता पुगेको जनाउँदै   चक्रवात नेपालतर्फ आउने तत्काल सम्भावना नरहेपनि पनि यसैकौ प्रभाव स्वरुप शुक्रवार, शनिवार हावाहुरीसहित हल्कादेखि भारी वर्षाको प्रवल संभावना रहेको जनाएके छ ।

 साथै उसको  प्रभावका कारण  नेपालको पूर्वी क्षेत्रमा शनिबार  मौसम प्रभावित भइ पूर्वका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको छ भने हिमाली भूभागमा पनि हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको बताउँदै    देशको पश्चिमी र मध्य क्षेत्रमा आज   पश्चिमी वायुको प्रभाव रहने हुँदा अपरान्ह पश्चात केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको  जनाउँदै  शनिबार राती देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना  रहेको जनाएके छ ।  छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।