मङ्लबार, बैशाख १८, २०८१

सासंद लिङ्देनलाई ज्यान मार्न धम्की दिने रोकाया र पराजुली पक्राउ

सामाजिक सञ्जाल मार्फत विभिन्न प्रलोभन देखाइ युवती ठगी गर्ने भट्ट पक्राउ

काठमाडौ चैत २७,  नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्न धम्की दिने दुई जनालाई पक्राउ गरेको छ ।  ब्यूरोको टोलीले सांसद लिङ्देनलगायत विभिन्न व्यक्तिलाई फोन सम्पर्क गरेर रकम माग गरी नदिएमा गोप्य भिडियो बनाई सार्वजनिक गरी बेइज्जत गरिदिने साथै ज्यान मार्ने धम्कीसमेत दिने हुम्लाका १९ वर्षीय प्रदीप रोकाया र झापाका २९ वर्षीय तिलकदास पराजुलीलाई चैत २५ गते बालाजु र टोखाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले मोबाइलमार्फत नेपाली र हिन्दी भाषामा बोलेर धम्की दिएर रकम माग गरेको र रकम नदिएमा ज्यान लिन धम्की दिएको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । “रोकायको प्रयोग गरेको सिमकार्डबाट पराजुलीले फोन गरेर धम्की दिने गरेको अनुसन्धानमा खुलेको  जनाएको छ । पराजुलीले भारतीय मोबाइल सिम नम्बर देखाउने ह्वासएप्सबाट म्यासेज पठाएर भारतबाट नेपाल आएको भन्दै रकम माग्ने गरेको ब्यूरोले जनाएको छ ।  यसअघि आज राप्रपाका महामन्त्री समेत रहेका सांसद लिङ्देनले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन प्रस्तुत घटनाको सवालमा जानकारी गराएका थिए । ।

यसैवीच महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौले सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाइ आफू उच्च खानदानको भएको र नेपाल सरकारको शाखा अधिकृत भएकाले विवाह गर्न चाहेको भनी विभिन्न प्रलोभन देखाइ युवतीलाई विश्वासमा पारी रकमसमेत ठगी गर्दै आएका डोटी घर भई हाल कीर्तिपुर बस्ने २६ वर्षीय केशवराज भट्टलाइ पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पीडित युवतीले महाशाखामा दिएको उजुरीका आधारमा पक्राउ परेका अभियुक्त भट्टले सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न प्रलोभन देखाइ युवतीलाई विश्वासमा पारी रकमसमेत ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।