बुधबार, बैशाख २६, २०८१

सनराइजले सेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौ पुस  ३,  सनराइज बैंक लिमिटेडको आज सम्पन्न १०औं वार्षिक साधारणसभामा बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँभन्दा बढी पुगेकोे जानकार दिदै बैंकका सेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।     त्यस्तै बैकद्दारा जारी विज्ञप्तिमा साधारणसभाले निर्वाचन सम्पन्न नभएसम्मका लागि संस्थापक सेयरधनी समूह ‘क’को तर्फबाट सन्चालक समितिमा प्रतिनिधित्व गर्ने सन्चालकहरुलाई सन्चालक समितिमा निरन्तरता दिने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको उल्लेख  गरिएको  छ ।

त्यस्तै विज्ञप्तिमा  बैकका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकको हाल  काठमाडौं उपत्यकाभित्र २९ शाखा  र उपत्यका बाहिर ४१ शाखाहरु रहेको  र  एटीएमको संख्या ८७ रहेको   बैंकले यसवीचमा सनराइज सेफ डिपोजिट लकर सुविधा, भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिट्यान्स, सनराइज माइक्रो बैंकिङलगायत आधुनिक बैंकिङ सेवाहरुसमेत प्रदान गर्दै आइरहेको जानकारी दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930