सोमवार, बैशाख २४, २०८१

प्रम देउवाले भने- म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छ भन्दै उपचारमा कुनै कमी नगर्न दिए निर्देशन

काठमाडौ मंसिर १४,  प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार उदयपुरगढी गाउँपालिका–६ मा चुनाव प्रचारप्रसारका क्रममा काँग्रेस उम्म्ेदवार उम्मेदवार नारायण कार्कीलगायतलाइ लक्षित गराएको एम्बुस विस्फोटमा परी घाइते भएकाको अवस्था बुझ्न आज त्रिवि शिक्षण अस्पताल पुग्दा उक्त घटनामा घाइते भएकी काँग्रेस कायकर्ता मीरा कटुवाल रुदै आफ्नो वेदना सुनाउँदा  प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भन्नुभयो,‘‘म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छ भन्दै एम्बुस विस्फोटमा परी घाइते भएका कार्कीसहित सात जनाको  उपचारमा कुनै कमी नराख्न निर्देशन दिनुभएको छ ।

उदयपुर निर्वाचन क्षेत्र नं २ मा बुधबार चुनाव प्रचारप्रसारका क्रममा उम्मेदवार कार्की, लगाउत काँग्रेस कार्यकर्ता कटुवाल र पत्रकार नवराज पौडेल, जीप चालक राजन कार्की, धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालीदास श्रेष्ठ एम्बुस विस्फोटमा परी घाइते भएका थिए ।स्मरण रहोस एम्बुस विस्फोटमा परी घाइते भएकी कटुवालको एउटा खुट्टा घुँडामुनिबाट काटिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031