शुक्रबार, बैशाख १४, २०८१

५० हजार घुससहित इन्जिनियर भुर्तेल पक्राउ

काठमाडौ मंसिर १४,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित सिँचाइ विकास डिभिजन कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई नियन्त्रणमा लिएको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा  उल्लेखभएअनुसार सिँचाइ कुलो निर्माणका लागि ठेक्का सम्झौता गरी काम सम्पन्न गरेपश्चात अन्तिम बिल भुक्तानीका लागि र कार्य अनुभव प्रमाणपत्र दिने प्रयोजनका लागि विभिन्न बाहनामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं निवेदनका आधारमा आयोगको टोलीले निजकै निवासबाट घुस रकमसहित इन्जिनियर भुर्तेललाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।