मङ्लबार, बैशाख १८, २०८१

पाटन औद्योगिक क्षेत्रभित्र भीषण आगलागी

ललितपुर कात्तिक २९ ,ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र मंगलबार साँझ भीषण आगलागी हुँदा तीनवटा उद्योगमा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगलागीले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र पञ्चकन्यामा समेत क्षति पुगेको बताईएको छ।

 साँझबाट सुरु भएको आगलागी राती १० बजेपछि नियन्त्रणमा लिइएको स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
आगो नियन्त्रणभन्दा बाहिर गएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको विपत् व्यवस्थापनमा खटिएका टोली र काठमाडौं उपत्यकाका सबै दमकल परिचालन गरिएको थियो ।  त्यस्तै आगलागीबाट केकती क्षति भएकोको हो सोको जानकारी प्राप्त हँुन वाँकी रहेको समाचारमा उल्लेख गएिको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।