शुक्रबार, बैशाख ७, २०८१

महासंघ अध्यक्ष गौचनको हत्यामा संलग्न ५ अभियुक्त पक्राउ , नेपाली सेनाका दुइ भगौडा सिपाही सहित ८ जना अझै फरार

काठमाडौ कार्तिक २८,   निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर गत असोज २३ गते गौचनलाई बानेश्वर, प्रयागमार्गमा गोली हान्ने नुवाकोट, पञ्चकन्या गाउँपालिका–५ का राजिव स्याङतार्ङ शिवजी महतो, भारत विहार बेतिया जिल्लाका मुकेशकुमार पाण्डे, पर्सा, ठोरी गाउँपालिकाका सन्तोष गुरुङ र काठमाडौँ नागार्जुन नगरपालिकाका प्रकाश बुढाथोकीलाइ पक्राउ गरी सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख आयुक्त, अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेत, मनोज पुनसहित बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्यामबहादुर गुम्बे, लोप्साङ, कालेदाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापागरी आठजना अझै फरार रहेको जनाएको छ ।  फरार रहेका मध्ये रोशन बुढाथोकी र अजय थापा नेपाली सेनाका भगौडा सिपाही रहेको अनुसन्धानबाट खुलेको छ प्रहरीले जनाएको छ।

साथमा यो पनि

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031